
काठमान्डौ/काठमाडौंको तारकेश्वर नगरपालिकास्थित चो गाउँमा पहिरोले घर पुर्दा बाबु छोरीको मृत्यु भएको छ । मृत्यु हुनेमा ४१ वर्षीय गणेश तामाङ र उनकी १५ वर्षीया छोरी आस्मा तामाङ रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं एसपी कुमोद ढुंगेलले जानकारी दिए ।
गएराति करिब ८ बजे पहिरोले घर पुर्दा उक्त हताहात भएको हो । प्रवक्ता ढुंगेलका अनुसार घरमाथिबाट आएको पहिरोले टिनको घर पुर्दा उक्त घटना भएको हो । पहिरोमा परि गणेशकी श्रीमती घाइते भएकी छन् । उनको हाल त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ ।