Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
डुङ्गा डुब्दा आठ जनाको मृत्यु – Lekhanpeeth

डुङ्गा डुब्दा आठ जनाको मृत्यु

341
0
Share:

काठमान्डौ/बङ्गलादेशमा वनभोज खान खाएर घरफर्केकाहरू चढेको डुङ्गा डुब्दा आठ जनाको मृत्यु भएको छ ।

 

राजधानी ढाकाबाट ३० किलोमिटर टाढा रहेको मुन्शीगञ्ज जिल्ला भएर बग्ने विशाल पद्मा नदीको सहायक नदीमा शनिबार राति डुङ्गा पल्टिएको नागरिक रक्षा तथा अग्नि नियन्त्रण कार्यालयका ड्युटी अफिसर रफी अल फारुकले बताएका छन् । ‘अहिलेसम्म स्थानीयवासीको सहयोगमा तीन महिला, तीन बालबालिका र दुई जना पुरुषको शव नदीबाट निकालिएको छ,’ फारुकले भनेका छन् ।

 

खोजमाा संलग्न अधिकारीका अनुसार करिब ४६ यात्रु बोकेको डुङ्गा राति आठ बजे नदीमा बालुवाले भरिएको डुङ्गासँग ठोक्किएर पल्टिएको थियो । नदी किनारमा डुङ्गा डुबेकाले अधिकांश यात्रु पौडेर ज्यान जोगाउन सफल भएका थिएभने चार जनालाई जीवितै उद्धार गरिएको थियो ।

Share: