
काठमान्डौ/नेकपा एमालेले, सुन प्रकरणमा गृहमन्त्रीको संलग्नता रहेको भन्दै उनीमाथि छानबिन कसले गर्ने भन्दै प्रश्न उठाएको छ । आजको प्रतिनिधि सभाको बैठक सुरु हुनेसाथ समय लिएर बोल्दै एमाले सांसद योगेश भट्टराईले, आफूहरुको शङ्का गृहमन्त्री र प्रधानमन्त्री कार्यालयमाथि समेत रहेको भन्दै सरकारी संयन्त्रले सुन प्रकरणमा गर्ने छानबिन मान्य नहुने चेतावनी दिए ।
उनले भने ‘गृहमन्त्री जी तपाईँको पोलिटिकल को छ रु फिल्ड कमिसार को छ रु तपाईँको आदेश फिल्ड कमिसारले मानेको छैन् कि रु फिल्ड कमिसारको सूचना तपाईँले फेरिफाई गर्नु भएको छैन् । हामीलाई गम्भीर शङ्का छ । त्यसकारण गृहमन्त्री जीसंग पनि बयान कसले लिन्छ रु के सिआइबीले लिन्छ रु के राजस्व अनुसन्धानले लिन्छ रु अर्थमन्त्री माथि हाम्रो प्रश्न छ । प्रधानमन्त्री कार्यालयमाथि हाम्रो प्रश्न छ । राष्ट्रिय अनुसन्धान विभागमाथि हाम्रो प्रश्न छ । यत्रा निकाय त्रिभूवन विमानस्थलमा हुदाँ ती कहाँ सुतेका थिए । यीनीहरुमाथि कसले प्रश्न उठाउँछ ? ’
उच्चस्तरिय छानबिन समिति गठन भए आन्दोलन जारी रहने बताएका उनले समिति गठनबारे भोटिङ गर्न उनको माग छ । उनले भने ‘भोटिङ गरौँ समिति गठनका लागि । यदी त्यसका लागि नबनाउँ भन्यो भने मान्न तयार छौ ।’
पहिलो पटक यस विषयमा हाम्रो पार्टीले कुरा उठायो , त्यसमा प्रतिपक्ष दलका सबै सांसदहरुले यसबारे कुरा उठाउँदा पनि सरकारले नसुनेको उनको भनाई छ । सुन काण्डमा उच्चस्तरिय छानबिन समिति चाहिन्छ भन्ने कुराको राष्ट्रिय सहमति रहेको दाबी गरेका उनले छानबिन समिति नबने सदन चल्न नदिने संकेत गरे ।