Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
मकवानपुर पहिरो अपडेट : बेपत्ता दुईको शव भेटियो, तीनजना अझै बेपत्ता – Lekhanpeeth

मकवानपुर पहिरो अपडेट : बेपत्ता दुईको शव भेटियो, तीनजना अझै बेपत्ता

Share:

काठमान्डौ/मकवानपुरको वाग्मती गाउँपालिका–५, सिक्रेदोभानमा पहिरोमा परी बेपत्ता भएका मध्ये आज बिहान थप दुईजनाको शव फेला परेको छ ।

 

मंगलबार बिहान वर्षासँगै आएको बाढी तथा पहिरोले घर बगाउँदा बेपत्ता भएका मध्ये दुईजनाको शव सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–१, कोकरेस्थित वाग्मती नदीको बीचबगरमा फेला परेको मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

 

उनका अनुसार ६० वर्षीय अक्कलबहादुर स्याङ्तान र उनकी छोरी २२ वर्षीया शिला पहरीको शव फेला परेको हो । योसँगै उक्त पहिरोमा परेर मृत्यु हुनेको संख्या तीन पुगेको छ ।

 

हरिहरपुर गाउँपालिका–१, कोकटीका १७ वर्षीय पासाङ घिसिङको भने मंगलबार साँझ जीवितै उद्धार गरिएको थियो । करिव सात किलोमिटर तल वाग्मती खोलाको किनारबाट उनको उद्धार गरिएको हो । घिसिङको खुट्टामा समस्या देखिएको र हेटौँडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

 

यस्तै, उक्त पहिरोमा परेर तीनजना अझै बेपत्ता छन् । बेपत्ता हुनेमा मृतक अक्कलबहादुरका ज्वाइँ २५ वर्षीय जीवन पहरी, नाति चार वर्षीय मिलन पहरी र नातिनी डेढ वर्षीया दिव्या पहरी छन् । प्रहरी र स्थानीयको सहयोगमा बेपत्ताको खोजी भइरहेको प्रहरी नायब उपरीक्षक कार्कीले बताए ।

 

पहिरोमा परेका मध्ये अक्कलबहादुरकी श्रीमती ५५ वर्षीया सन्तमायाको भने मंगलबार नै मृत्यु भएको थियो ।

Share: