विराटनगरको प्लाष्टिक उद्योगमा आगलागी

Share:

काठमान्डौ/उद्योग संगठन मोरङका निवर्तमान अध्यक्ष सुयशराज प्याकुरेलको प्लाष्टिक उद्योगमा आगलागी भएको छ । विराटनगर १४ स्थित एमएम प्लाष्टिक उद्योगमा बुधबार विद्युत् सप्लाई हुने यूपीएस कक्षमा आगलागी भएको हो । आगलागीबाट करिब २०० वटा ब्याट्री, एसी, इन्भर्टर, ४०० किलोवाटको दुईवटा यूपीएसमा क्षति पुगेको र करिब तीन करोड रुपैयाँ बराबरको क्षति भएको अध्यक्ष प्याकुरेलले बताए ।

 

 

प्लाष्टिकका विभिन्न सामग्री उत्पादन गर्दै आएको उद्योगको यूपीएस कक्षमा लागेको आगो नियन्त्रणका लागि नेपाल प्रहरी र विराटनगर महानगरका दुईवटा वारुणयन्त्र खटेर समयमै आगलागी नियन्त्रणमा आएको तर मानवीय तथा उद्योग क्षेत्रमा रहेको प्लाष्टिकका कच्चा पदार्थ तथा तयारी वस्तुमा भने क्षति नपुगेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

 

Share: