
काठमान्डौ/गायक यश कुमार परिवारको नयाँ गीत ‘सुस्तरी’को भिडियो सार्वजनिक गरिएको छ । गीतको भिडियोलाई ‘यश कुमार अफिसियल’ युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । यश कुमार स्वयंले शब्द रचना गरेको यो गीतमा संगीत पनि यश कुमार आँफैले भरेका छन् । यशसँगै गीतमा अनु चौधरीले गायनमा साथ दिएकी छन् भने एरेन्ज एसके बच्चाले गरेका छन् ।
गीतको भिडियोमा सडकमा मकै पोलेर बेचेर गुजारा गर्ने युवती र नगरप्रहरी जवानबीचको प्रेम सम्बन्धको कथालाई देखाइएको छ । जसमा यश कुमार र अनु थापाले अभिनय गरेका छन् । निकेश खड्काले निर्देशन गरेको म्युजिकल फिल्म भनिएको यो गीतको भिडियोमा राजेश घतानी, पन्छी तामाङ र अनिता लामाले पनि अभिनय गरेका छन् ।
भिडियोमा सडकमा व्यापार गर्नेका पीडा, नगरप्रहरीका बाध्यता र वैदेशिक रोजगारीका आयामलाई समेत चित्रण गरिएको छ । यश कुमारकै कथा रहेको भिडियोलाई उत्तम हुमागाईंले खिचेका हुन् भने विकास धमलाले सम्पादन तथा कलर संयोजन गरेका छन् ।
भिडियो हेर्नुहोस्: