Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
डेंगी संक्रमितको संख्या साढे नौ हजार पुग्यो, नौजनाको मृत्यु – Lekhanpeeth

डेंगी संक्रमितको संख्या साढे नौ हजार पुग्यो, नौजनाको मृत्यु

216
0
Share:

काठमान्डौ/नेपालमा यो वर्ष इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)को तथ्यांकानुसार जनवरीयता अगस्ट ७ सम्म नौ हजार ४११ जनामा संक्रमण पुष्टि भएको छ ।

 

डेंगी संक्रमितमध्ये सबैभन्दा बढी सुनसरीका पाँच हजार ४१ जना छन् । १० जिल्लामा मात्र आठ हजार ३८२ जनामा संक्रमण पुष्टि भएको छ । यो वर्ष नेपालमा डेंगीका चारवटै सेरोटाइप (भाइरसको प्रकृतिका आधारमा गरिएको वर्गीकरण) देखिएको महाशाखाका निर्देशक डा. रुद्र मरासिनीले बताए । उनका अनुसार यो अवधिमा नौजनाको मृत्यु भएको छ ।

 

विश्वका धेरै देशमा डेंगीका चारै सेरोटाइप देखिएको छ । नेपालमा डेंगी १, २, ३, ४ नाम दिइएको छ । फरक–फरक सेरोटाइपसहित डेंगी दोहोरिए बिरामीको अवस्था सिकिस्त हुने महाशाखाकले जनाएको छ ।

Tagsdengue
Share: