Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
आन्दोलनमा उत्रिए ट्याक्सी चालक – Lekhanpeeth

आन्दोलनमा उत्रिए ट्याक्सी चालक

248
0
Share:

काठमान्डौ/ट्याक्सी चालकहरू आन्दोलित भएका छन् । नेपाली भूमिमा काम गर्ने भारतीय गाडीलाई निषेध गर्न माग गर्दै उनीहरू आन्दोलित भएका हुन् ।

 

बिहीबार काठमाडौँको नयाँ बानेश्वर यातायात व्यवस्था विभाग अगाडि भेला भइ मजदुर चालक स्वतन्त्र सङ्घर्ष समितिले भाडाको काम गर्ने, निजी प्रयोजन गर्ने सवारीसाधन तत्काल बन्द गरी भारतीय गाडीलाई निषेध गर्न माग गरेका हुन् ।

 

निजी गाडीले सार्वजनिक सवारीको काम गरिरहेकोप्रति आफूहरूको असन्तुष्टि जनाउँदै नेपाल राष्ट्रिय मिटर ट्याक्सी व्यवसायी चालक समाजले निजी गाडीले सार्वजनिक सवारीको काम गर्नु यातायात व्यवस्था ऐन, २०४९ को दफा ८ र १२ विपरीत भएको बताएको छ ।

Share: