नेपालकै होची महिला मालतीलाई नागरिकता

186
0
Share:

काठमान्डौ/मोरङ सुन्दरहरैँचा नगरपालिका–४ स्थित नेपालकै होची महिलाको रूपमा चिनिएकी मालती ऋषिदेवले जिल्ला प्रशासन कार्यालयबाट जन्मसिद्धको आधारमा नेपाली नागरिकताको प्रमाणपत्र पाएकी छिन् । मालती एक समयमा नेपालकै होची महिलाको रूपमा चर्चामा थिइन् । उनको उचाइ जम्मा ३२ इन्च र तौल १४ केजी मात्र छ । विसं २०५६ भदौ १८ गते जन्मिएकी मालतीले २५ वर्षको उमेरमा नागरिकता पाएपछि निकै हर्षित देखिनुभएको वडाध्यक्ष कैलाश बस्नेतले जानकारी दिए ।

 

नगरपालिकाले मासिक रु चार हजार भत्ता दिँदै आएको र उनकोे आर्थिक अवस्था पनि नाजुक रहेको छ। मालतीको परिवारलाई दिगो रोजगारी दिन सक्ने हो भने घर चलाउन सहज हुने वडासचिव अनिल पोख्रेलले उल्लेख गरे ।

Share: