Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
मन्त्री मोदीलाई फिर्ता बोलाउने माओवादी पदाधिकारी बैठकको निर्णय – Lekhanpeeth

मन्त्री मोदीलाई फिर्ता बोलाउने माओवादी पदाधिकारी बैठकको निर्णय

416
0
Share:

काठमान्डौ/नेकपा माओवादी केन्द्रले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीलाई फिर्ता बोलाउने निर्णय गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकले मोदीलाई फिर्ता बोलाउने निर्णय गरेको सचिव देवेन्द्र पौडेलले बताए।

 

मोदीको ठाउँमा जनमत पार्टीकी अनिता देवी साहलाई मन्त्रीको जिम्मेवारी दिने तयारी भएको समेत उनले बताए। उनी गत माघ ३ गते मन्त्री बनेका थिए। मोरङ क्षेत्र नम्बर ५बाट लगातार दुई पटक निर्वाचन जितेका मोदी पहिलो पटक मन्त्री बनेका थिए।

 

उनी २०७०को दोस्रो संविधानसभामा समानुपातिकतर्फबाट सांसद बनेका थिए। उनी माओवादी जनयुद्धमा भूमिगत राजनीति गरेका नेता समेत हुन्।

Share: