बक्यौता रकम चुक्ता गरेपछि सिम्रिकले पायो उडान अनुमति

190
0
Share:

काठमान्डौ/सिम्रिक एयरले उडान अनुमति पाएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणलाई सबै बक्यौता रकम बुझाएपछि सिम्रिकले तीन दिनपछि उडान अनुमति पाएको हो ।

 

सिम्रिकले आइतबार अपराह्न ४ बजेदेखि लागु हुने गरी उडान अनुमति पाइको हो । बक्यौता रकम नतिरेपछि प्राधिकरणले गएको शुक्रबार सिम्रिकका सबै उडानमा रोक लगाएको थियो ।

 

सिम्रिकले प्राधिकरणलाई ५५ लाख १२ हजार रुपैयाँ तिर्नुपर्ने थियो । तर, बक्यौता रकम समयमै नबुझाएपछि प्राधिकरणले उडानमै रोक लगाइदिएको थियो ।

Share: