इटालीका प्रशिक्षक मान्सिनीद्वारा राजीनामा

274
0
Share:

काठमान्डौ/रोबर्टो मान्सिनीले इटाली फुटबल टिमको मुख्य प्रशिक्षक पदबाट राजीनामा दिएका छन् । इटालीका ५८ वर्षीय मान्सिनीले सन् २०१८ को विश्वकप छनोटपछि राष्ट्रिय टिमको जिम्मेवारी पाएका थिए । उनले इटालीलाई सन् २०२० को युरोपियन च्याम्पियनसिपको उपाधि समेत दिलाएका थिए । च्याम्पियनसिपको फाइनलमा इंग्ल्यान्डलाई पेनाल्टी सुटआउटमा हराउँदै इटाली युरो विजेता बनेको थियो ।

 

मान्सिनीको प्रशिक्षणमा इटालीले कीर्तिमानी ३७ खेलसम्म अपराजित यात्रा तय गरेको थियो । तर, सन् २०२२ को विश्वकपमा स्थान बनाउन असफल भएको थियो ।’इटालीको फुटबल फेडेरेसनले राष्ट्रिय टिमका मुख्य प्रशिक्षक रोबर्टो मान्सिनीको राजीनामापत्र पाएको छ,” इटालीको फुटबल संघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

मान्सिनीले सन् २०१२ मा म्यानचेस्टर सिटीलाई प्रिमियर लिगको उपाधि दिलाएका थिए । यसपछि इटालीलाई युरो–२०२० च्याम्पियन बनाएका थिए । मान्सिनीको प्रशिक्षणमा इटालीले गएको जुनमा सम्पन्न नेसन्स लिगमा तेस्रो स्थान हासिल गरेको थियो ।

Share: