भेरी नदीमा बाढीको बहाव बढ्यो

Share:

काठमान्डौ/ भेरी नदीमा बाढीको बहाव बढेपछि तटीय क्षेत्रमा सतर्कता अपनाउन अनुरोध गरिएको छ । रत्न राजमार्गको भेरी पुलमा रहेको बाढी मापकका अनुसार नदीमा बहाव बढ्दो क्रममा रहेकाले आवश्यक सर्तकता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अपिल गरेको हो । अहिले भेरी नदीमा बाढीको बहाव सात दशमलव ६९ मिटर पुगेपछि महाशाखाले अनुरोध गरेको छ । भेरी नदीमा सात मिटर बाढी आएमा चेतावनी र आठ मिटर पुगे खतरा मानिन्छ ।

 

अझै बाढीको बहाव बढिरहेकाले भेरी पुलदेखि तल्लो तटिय क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन महाशाखाले भनेको छ । भेरी नदीको तल्लो तटिय क्षेत्रमा रानीघाट, पाग्म, चेपाङ, तिखाकुना लगायतका बस्ती रहेका छन् । स्थानीय प्रशासनले पालिकाको समन्वयमा ती क्षेत्रका नागरिकलाई सावधानी अपनाउन आग्रह गरेको छ ।

 

त्यस्तै प्रमुख जिल्ला अधिकारी सुरेश सुनारका अनुसार भेरी करिडोरभित्र बग्ने भेरी नदीको पानीको बहाव पनि बढेको छ । सबै सर्वसाधारणलाई सतर्क रहन आग्रह गरिएको प्रजिअ सुनारले बताए ।

Share: