Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
कविताकृति ‘शब्दब्रह्म’ क्यानडा संस्करण बिमोचन – Lekhanpeeth

कविताकृति ‘शब्दब्रह्म’ क्यानडा संस्करण बिमोचन

211
0
Share:

काठमान्डौ/ कवि डा. भानुभक्त आचार्यद्वारा लिखित ‘शब्दब्रह्म’ कवितासंग्रहको क्यानडा संस्करणको आइतबार क्यानडाको अटवामा बिमोचन गरिएको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजद्वारा क्यानडाको अटवा विश्वविद्यालयमा आयोजित समारोहमा नेपालीहरुबीच कृति बिमोचन गरिएको हो ।

 

कृति ८४ वर्षीया माता गोमा खरेल, उहाँकी सुपुत्री निरा खरेल आचार्य र नातिनी कृतिषा आचार्यले संयुक्तरूपमा विमोचन गरे । कवि डा. आचार्यले तीन पुस्तालाई समेटेर गरिएको विमोचनमार्फत सामाजिक चेतनाको सन्देशलाई पुस्तान्तरण गर्ने प्रयास गरिएको बताए। डा. आचार्यले कतिपय विषयमा सोझै भन्न नसकिने तर चूपचाप बस्दा पनि समाजलाई अन्याय हुने भएकाले सत्य तर कटु अभिव्यक्तिलाई कविता वा सिर्जनाका रूपमा अघि सारेर सामाजिक विसंगतिहरू माथि प्रहार गरिएको भनाइ राखे ।

 

कविताकृतिको पृष्ठभूमिमा डा आचार्यले शब्दब्रह्मको शास्त्रीय पक्षमा विवेचना गर्नुभएको छ । पूर्वीय र पश्चिमी दर्शन दुवैले शब्दका कारणले यो चराचर सृष्टि रचना भएको छ भन्ने समान मान्यता राखेको उनले भनाइ राखे । कविताकृतिमा टिप्पणी गर्दै डा गोविन्द दाहाल शब्दब्रह्मको वैज्ञानिक र आध्यात्मिक सम्बन्ध र सन्दर्भमाथि विवेचना गरे । उनले ओम शब्दले हामीलाई परमात्मासँग जोड्ने र यसले मनमा शान्ति र आनन्द दिन्ने भन्दै शब्दको सही प्रयोगले शारीरिक थकान र मानसिक तनाब घटाउन सघाउने बताए ।

 

पूर्वपत्रकार एवम् सञ्चारकर्मी शालिग्राम अर्यालले कवि डा. आचार्यका हरेक कविताले एउटा सशक्त सामाजिक चेतना वा सन्देश बोकेको बताउनुभयो । पूर्वपत्रकार मिना कैनीले ‘सम्बन्ध बिनाको सम्बन्ध’ शीर्षक कविता पाठ गर्नुभयो । पण्डित धर्मदाश शास्त्रीको गायनमा ‘शब्दब्रह्म’ शीर्षक कवितालाई गीतका रूपमा प्रस्तुत गरिएको भिडियो देखाइएको थियो भने ‘रजश्वला’ शीर्षक कविताको भिडियो प्रदर्शन गरिएको थियो । उक्त भिडियोमा पत्रकार पूजा पन्तको मोडलिङ तथा बाचन रहेको छ भने भिडियो निर्देशन यादव भट्टराईले गर्नुभएको हो । कार्यक्रममा समाजका अध्यक्ष तारा उप्रेती, प्रगति पराजुलीलगायतले कृतिबारे भनाइ राखेका छन् ।

Share: