Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
चलचित्र ‘ऐंचो पैंचो’को ट्रेलर सार्वजनिक (भिडिओ) – Lekhanpeeth

चलचित्र ‘ऐंचो पैंचो’को ट्रेलर सार्वजनिक (भिडिओ)

265
0
Share:

काठमान्डौ/आगामी भदो १४ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘ऐंचो पैंचो’को ट्रेलर सार्वजनिक गरिएको छ । सोमबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सिनेमाको ट्रेलर सार्वजनिक गरिएको हो ।

 

सिनेमाको ट्रेलर रिलिज कार्यक्रममा नेकपा एसका नेता एवंम् पूर्व पर्यटन तथा संस्कृतिमन्त्री प्रेम बहादुर आले प्रमुख अतिथिको रुपमा उपस्थित भएका थिए । उनले पछिल्लो समय नेपालमा चलिरहेको राजनीतिक अस्थिरतालाई सिनेमाले उठान गरेकाले आफ्नो मन छोएको बताए । सिनेमाको सार्वजनिक ट्रेलर हेर्दा ‘ऐंचो पैंचो’ उत्कृष्ट बनेको महसुस गरेको बताए ।

 

सिनेमाको ट्रेलर हेर्दा राजनितिले देश र समाजमा पाएको प्रभावलाई नजिक बाट देखाउने प्रयास गरेको बुझ्न सकिन्छ । सिनेमाको सार्वजनिक २ मिनेट ३० सेकेण्ड लामो ट्रेलरमा प्राय सवै कलाकारलाई स्थान दिएको छ ।

 

सिनेमाका केही संवादले दर्शकको ध्यान खिच्न सक्ने देखिन्छ । सिनेमाका यसअघि सार्वजनिक टिजर र गीतले दर्शकको राम्रो साथ पाएकाले पनि ट्रेलरले अझै धेरै दर्शकलाई हलसम्म तान्ने विश्वास निर्देशक कृषा चौलागाईको छ ।

 

पूर्वी नेपालमा रमणीय स्थानमा खिएको सिनेमामा स्वस्तिमा खड्का, मुकुन भुषाल, वर्षा राउत, सुशिल सिटौला, कोशिस क्षेत्री, रमेश बुढाथोकी, राजाराम पौडेल, बुद्धि तामाङ, रविन्द्र झा, सरिता गिरी, विशाल पहारी लगायतका कलाकारको अभिनय रहेको छ । सिनेमाको बिहीबार सार्वजनिक गीतमा एलेक्स बिक पारस विशेष भुमिका देखिएका छन् ।

Share: