गायक विक्रमजंग शाहको ‘गलफ्रेन्ड छोडे मैले’ सार्वजनिक [भिडिओसहित]

Share:

काठमान्डौ/गायक विक्रमजंग शाहको नयाँ गीत ‘गलफ्रेन्ड छोडे मैले’ सार्वजनिक भएको छ । गीतमा गायक विक्रम जङ्ग शाह र गायिका टीका पुनको स्वर रहेको छ ।गीतमा यज्ञ विकको लय र शब्द रहेको छ । विनोद बाजुरालीको संगीत संयोजन रहेको गीत मालाश्री स्टुडियोमा रेकर्ड गरिएको हो ।

 

उद्धार म्युजिकको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक भएको गीतको म्युजिक भिडियोलाई विक्रम चौहानले निर्देशन गरेका छन् । गीतको भिडियोमा चर्चित नायक पल शाह, विजय पुन, विष्णु पुन र यानी पुनको अभिनय रहेको छ ।

 

गीतको भिडियोमा प्रेमी र प्रेमिका बिचको माया प्रेमका बिच शंका, उपशंका र असमझदारीका कारण साथ छोडेपछिको स्वतन्त्रता दर्साइएको छ ।

हेर्नुहोस् भिडिओ:

Share: