स्थानीय सरकारले आन्तरिक आय बढाउने काममा ध्यान दिनुपर्छः मन्त्री शर्मा

Share:

काठमान्डौ/सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले स्थानीय सरकारले आन्तरिक आय बढाउन तर्फ ध्यान दिनुपर्ने बताएकी छिन् । दाङको लमहीस्थित जैविक विविधता ग्रिनपार्कको अवलोकन गर्दै उनीले स्थानीय सरकारले आन्तरिक आय बढाउन तर्फ पनि ध्यान दिनुपर्छ भनिन् । उनीले भनिन्,’आन्तरिक आय बढेमा संघीय , प्रदेश सरकारसँग धेरै सहयोग लिइरहनु पर्दैन ।’ उनीले यस्ता उद्यान आम्दानीको स्रोत बन्नसक्ने जनाउँदै व्यवस्थित बनाएर व्यावसायिक रुपमा अगाडि बढाएमा आन्तरिक आम्दानी पनि बढ्ने बताईन् ।

 

उद्यानबाट धेरै स्थानीय तहले राम्रो आम्दानी गरिरहेको जनाउँदै यस तर्फ सबै स्थानीय तहले ध्यान दिनुपर्ने उनको भनाइ थियो । उनीले उद्यानलाई पर्यटकीयस्थल तथा विद्यार्थीको सिकाइ थलोका रुपमा पनि अगाडि बढाउन सकिने बताईन् । उक्त उद्यान लमही नगरपालिका–५ बसपार्कदेखि उत्तरतर्फ रहेको छ । अजम्मरी सामुदायिक वन उपभोक्ता समूहद्वारा उद्यान सञ्चालनमा आएको वनका अध्यक्ष पवन शर्माले बताईन् । सोही ठाउँमा ३० बिघा जग्गा छ ।

Share: