
काठमान्डौ/हस्पिटालिटी क्षेत्रमा चार दशक अनुभव सँगालेको बाराही ग्रुपले पोखराको सेदीमा छ अर्बको लगानीमा पाँचतारे होटेल सञ्चालनको तयारी गरेका छन्। बाराही ग्रुपको नेतृत्वमा निर्माणाधीन उक्त होटेल सन् २०२६ भित्र सञ्चालनमा ल्याइने भएको छ।
कम्पनीले काठमाडौँमा पत्रकार सम्मेलन गरी बाराहीले एक हजार दुई सय जना क्षमताको सभाहलसहित उक्त होटेल निर्माण भइरहेको जानकारी दिएको छ। त्रिसट्ठी रोपनी क्षेत्रफलमा निर्माण हुँदै गरेको उक्त होटलमा एक सय ७१ कोठा निर्माण गरिनेछन्। होटेलमा क्यासिनो, स्पा, फिटनेस सेन्टरलगायत सुविधा रहने छ। पब्लिक लिमिटेड कम्पनी रहेको बाराही सेदी लिमिटेडको आइपीओमा समेत जाने योजना बनाएको छ।
सन् २०२४ भित्रै सञ्चालनमा ल्याउने योजना रहे पनि कोभिड९१९ महामारीका कारण निर्माण अवरुद्ध भएको बाराही हस्पिट्यालिटीका संस्थागत निर्देशक योगेन्द्र थापाले जानकारी दिए। अहिले होटेल द्रुत गतिमा निर्माण भइरहेको छ। भौतिक पूर्वाधारतर्फ ४६ प्रतिशत काम सम्पन्न भएको उनले बताए। हस्पिटालिटी क्षेत्रको लामो अनुभवलाई पाँचतारे सुविधासम्पन्न होटलमार्फत् सेवा विस्तार गर्न लागिएको निर्देशक थापाले बताए।
बाराही सेदी लिमिटेडको नामबाट पब्लिक लिमिटेड दर्ता गरी निर्माण भइरहेको होटलको छिट्टै आइपिओ निष्कासन गर्ने योजना रहेको उनको भनाइ छ।अन्तर्राष्ट्रियस्तरको सभा सम्मेलन गर्ने र खर्चालु पर्यटकलाई लक्षित गर्दै पोखरामा पाँचतारे होटेल निर्माण गरिएको निर्देशक थापाले बताए।
‘पोखरामा पाँचतारे फूलबारी रिसोर्ट बन्द भएपछि लक्जरी पाँच तारे होटलको अभाव महसुस भयो। हाइ९इन्ड पर्यटकलाई सेवा दिने विश्वाससहित कम्पनीले सन् २०२६ सम्म होटेल सञ्चालनमा ल्याउने योजना बनाएको हो’, उनले भने। सरकारले पोखरामा सन् २०१४ मा दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन ९सार्क० समिट आयोजना गर्ने योजना बनाएको थियो। तर पोखरामा पाँचतारे होटेल नहुँदा काठमाडौंमा आयोजना गरिएको थियो।
पोखरामा लग्जरी होटलको अभाव पूर्ति गर्ने बाराही ग्रुपका प्रबन्ध निर्देशक विप्लव पौडेलको पोखरामा पाँचतारे होटेल बनाउने योजनाअनुरूप परियोजना अघि बढेको थापा बताउँछन्।
चालीस ४० वर्षअघि पोखरामा १० कोठाको प्याराडाइज गेस्ट हाउस सञ्चालन गर्दै स्थापना भएको बराही ग्रुपले हाल पोखराको लेकसाइटमा चारतारे होटेल बाराही, रासाङकोट माउन्टेन लज, आवास पोखरा, चितवनमा बाराही जङ्गल लज र काठमाडौँमा चारतारे होटेल बाराही काठमाडौं सञ्चालन गर्दै आएको छ।
यस्तै, बाराही ग्रुपले पोखरामा व्यञ्जन रेष्टुराँ र द बिच बार एन्ड लजसमेत सञ्चालनमा ल्याएको छ।