पाँच ब्रोकर कम्पनीले पाए लाइसेन्स

187
0
Share:

काठमान्डौ/नेपाल धितोपत्र बोर्डले थप ५ वटा कम्पनीलाई ब्रोकरलाई लाइसेन्स प्रदान गरेको छ । बोर्डले साउन ३२ गते थप ५ वटा कम्पनीलाई ब्रोकर लाइसेन्स प्रदान गरेको प्रवक्ता मुक्तिनाथ श्रेष्ठले जानकारी दिए ।

 

आवश्यक पूर्वाधार तयार गरेका कम्पनीहरुलाई लाइसेन्स दिइएको बोर्डले जनाएको छ । लाइसेन्स पाउनेमा सजिलो ब्रोकर, रोडसो सेक्युरिटिज, बेनी सेक्युरिटिज, हिमालयन सेक्युरिटिज र सेक्युरिटिज रहेका छन् । हालसम्म ब्रोकरको लाइसेन्स पाउनेको संख्या ३७ पुगेको छ ।

Share: