Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
लुम्बिनी बौद्ध विश्वविद्यालयमा शीघ्र उपकुलपति नियुक्ति गर्न चार बौद्ध संस्थाको माग – Lekhanpeeth

लुम्बिनी बौद्ध विश्वविद्यालयमा शीघ्र उपकुलपति नियुक्ति गर्न चार बौद्ध संस्थाको माग

Share:

काठमान्डौ/अखिल नेपाल भिक्षु महासंघ (थेरवाद), नेपाल बौद्ध महासङ्घ (महायान), नेपाल परम्परागत बौद्ध धर्म सङ्घ (बज्रयान) र धर्मोदय सभाले लुम्बिनी बौद्ध विश्वविद्यालयमा योग्य उपकुलपतिको नियुक्ति अविलम्ब गर्न नेपाल सरकारसँग माग गरेको छ ।

 

लुम्बिनी बौद्ध विश्वविद्यालयमा उपकुलपतिको नियुक्तिमा हुने ढिलासुस्तीले नेपाली बौेद्ध जगत् एवम् विश्व बौद्ध जगत्मा समेत नकारात्मक सन्देश प्रवाह हुने तथ्यमा नेपाल सरकार एवम् कुलपति संवेदनशील हुनु अत्यन्तै जरुरी रहेको उल्लेख गर्दै चारैवटा संस्थाले आज एक संयुक्त प्रेस विज्ञप्तिमार्फत भनेका छन् – ‘अन्तरराष्ट्रिय बौद्ध जगत्को अपेक्षाअनुसार सम्बन्धित क्षेत्रकै प्राज्ञिक व्यक्तिलाई उपकुलपति पदमा नियुक्ति दिनु अति उत्तम हुने व्यावहारिक पक्षलाई समेत ध्यानमा राख्नु अत्यन्तै जरुरी छ ।’

 

विश्वविद्यालयका कुलपति रहेका प्रधानमन्त्रीलाई उपकुलपति पदमा योग्य व्यक्तिलाई यथाशीघ्र नियुक्ति गर्न चारै संस्थाको एक प्रतिनिधिमण्डलले २०७९ चैत ७ गते भेटवार्ता गरी अनुरोध गरेको स्मरण पनि भिक्षु धम्मशोभन महास्थविर, खेम्पो लामा कमल भण्डारी, प्रा. डा. नरेशमान बज्राचार्य र सागरमान बज्राचार्यद्वारा हस्ताक्षरित उक्त विज्ञप्तिमा गरिएको छ ।

Share: