Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
धारापानीमा ‘एक घर, एक धारा’ – Lekhanpeeth

धारापानीमा ‘एक घर, एक धारा’

Share:

काठमान्डौ/जिल्लाको धवलागिरि गाउँपालिका–७ धारापानीमा ‘एक घर, एक धारा’सहितको खानेपानी आयोजना निर्माण भएको छ । खानेपानी, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय म्याग्दीले धारापानीमा निजी धारा जडित खानेपानी आयोजना निर्माण भएको हो । रु एक करोडभन्दा बढीको लागतमा निर्माण भएको आयोजनाबाट दुई सय १४ घरमा निजी धारा जडान गरेर खानेपानी वितरण गरिएको धारापानी खानेपानी आयोजनाको उपभोक्ता समितिका अध्यक्ष फतबहादुर खत्रीले जानकारी दिए।

 

‘आर्थिक वर्ष २०७३/७४ मा विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयार भएकामा २०७७/७८ देखि निर्माण सुरु भएको थियो’, उनले भने, ‘यो आयोजनाको काफलडाँडा र बगरको स्किम यसअघि नै निर्माण सकिएको थियो । धारापानीमा सबै घरमा धारा जडान गरेर खानेपानी वितरण भएको छ ।’

 

धारापानीकी मञ्जु थापाले घरमै जडान भएको धारामा नियमित खानेपानी आपूर्ति हुन थालेपछि समयको बचत र झन्झट हटेको बताए । ‘पहिले सार्वजनिक धाराबाट पानी ल्याउन पालो कुर्नुपर्ने थियो’, उनले भने, ‘घरमै धारा बनेपछि खानेपानीका कारणले विवाद हुन छाडेको छ ।’

 

यसअघि सार्वजनिक धारामार्फत खानेपानी वितरण हुने आयोजनाको संरचना जीर्ण हुदाँ नियमित खानेपानी आपूर्ति नहुने समस्या थियो । धारापानीका बासिन्दा खानेपानी लिन, स्नान र कपडा धुन पँधेरा भन्ने ठाउँमा पुग्ने गर्दथे । उपभोक्ताको श्रमदानबाहेक रु एक करोड ११ लाख ९८ हजार दुई सय ४२ को लागतमा आयोजना निर्माण भएको खानेपानी, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय म्याग्दीले जनाएको छ । कार्यालयका प्रमुख सुरेन्द्र पौडेलले अनुमानित लागतभन्दा कम खर्चमा आयोजना निर्माण सकिएको बताए।

 

‘रु एक करोड ६५ लाख लागत अनुमान गरिएको थियो’, उनले भने, ‘ठेक्कामार्फत काम गर्ने हिसाबले तयार पारिएको लागत अनुमानमा उपभोक्ताले काम गर्दा कर, फिजिकल, आर्थिक प्रशासनिक परामर्श शीर्षकको खर्च घटेको छ ।’ कुल लागतको २० प्रतिशत बराबर उपभोक्ताले श्रमदान गरेका छन् ।

 

कोतखोलाको उत्तिसिनेमा मुहान रहेको आयोजनाको मुख्य पाइप लाइनमा ७५ एमएमको नौ हजार चार सय ९० मिटर पोलिथिन र एक हजार तीन सय आठ मिटर जिआइ पाइप जडान भएको छ । बीस हजार एक सय ३५ मिटर शाखा पाइप लाइन बनाइएको छ । मुख्य र शाखा पाइप लाइन खन्ने र पुर्ने काममा रु २९ लाख ७४ हजार आठ सय ९५, पाइप र फिटिङका सामान खरिदमा रु २४ लाख ३२ हजार चार सय ६० खर्च भएको छ ।

 

एक सय र २० घनमिटर क्षमताको रिजर्भ ट्याङ्की, सामग्री भण्डारगृह, एकवटा डिसी र एकवटा विपिटीसहितका संरचना बनाउन रु ५७ लाख ९० हजार आठ सय ८६ खर्च भएको कार्यालयले जनाएको छ ।

Share: