Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
गण्डकी प्रदेशसभा : वन विधेयक विषयगत समितिमा – Lekhanpeeth

गण्डकी प्रदेशसभा : वन विधेयक विषयगत समितिमा

Share:

काठमान्डौ/गण्डकी प्रदेशसभाको आजको बैठकले ‘प्रदेशभित्रको वनलाई नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयक’ दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ ।

 

उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री दीपेन्द्रबहादुर थापाले संशोधन प्रस्तावसहित सो विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रदेशसभा बैठकसमक्ष पेस गरेका थिए । समितिमा दफावार छलफलपछि प्रदेशसभाबाट विधेयक पारितका लागि प्रक्रिया अगाडि बढ्ने प्रदेशसभा सचिवालयका सूचना अधिकारी प्रेम सुवेदीले जानकारी दिए ।

 

उक्त विधेयकमा १३ प्रदेशसभा सदस्यले संयुक्त रुपमा संशोधन प्रस्ताव दर्ता गराएका छन् । बैठकको शून्य समयमा बोल्ने प्रदेशसभा सदस्यहरुले वर्षात्का कारण क्षति व्यहोरेका नागरिकलाई राहत प्रदान गर्न प्रदेश सरकारको ध्यानाकर्षण गरएका थिए । प्रदेशसभा बैठक अर्को सूचना जारी नहुँदासम्मका लागि स्थगन गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

Share: