प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठको सुनुवाइ आज हुँदै

Share:

काठमान्डौ/प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठलाई संसदीय सुनुवाइ समितिले आज छलफलका लागि बोलाएको छ । समितिले आजै श्रेष्ठविरुद्ध उजुरी दिएका उजुरीकर्तासँग छलफल गर्दै छ ।

 

उजुरीकर्तासँग बिहान साढे १० बजे र प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठसँग साढे ११ बजे छलफल गर्ने समय तोकिएको छ । श्रेष्ठविरुद्ध इमेलबाट तीनवटा उजुरी परेका छन् । आइतबार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकमा उनीविरुद्धका उजुरी खोलिएको थियो ।

 

गएको साउन २४ गते समितिले उनीविरुद्ध उजुरी आह्वान गरेको थियो । त्यसअघि, साउन १८ गते बसेको संवैधानिक परिषद्को बैठकबाट सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश श्रेष्ठलाई प्रधानन्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरिएको थियो ।

 

समितिले संसदीय सुनुवाइ प्रक्रिया पूरा गरी नाम अनुमोदन गरेपछि राष्ट्रपतिबाट प्रधानन्यायाधीश नियुक्त हुने व्यवस्था छ ।

Share: