स्वर्गीय गिरि बिपीपछिकै विद्वान समाजवादी चिन्तक : सभापति देउवा

163
0
Share:

काठमान्डौ/पाटन(ललितपुर), ४ भदौ स् नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले स्व. प्रदीप गिरि बिपी कोइरालापछिकै विद्वान समाजवादी चिन्तक भएको बताएका छन् । स्वर्गीय गिरिको पहिलो वार्षिकीका अवसरमा नेपाली कांग्रेस केन्द्रीय समितिद्वारा आज सानेपामा आयोजित स्मरण सभामा मन्तव्य राख्दै उनले समाजवादी चिन्तकका रुपमा बिपीपछि कसैको नाम लिने हो भने गिरीकै नाम आउने बताएका हुन् ।

 

‘उनि धेरै ठूलो विद्वान हो, बिपीपछिको समाजवादी चिन्तक हो, उनका कृतिहरु छन् भने प्रकाशन गर्नुपर्छ, पार्टीले पनि सहयोग गर्नेछ, उनि कहिल्यै नथाक्ने व्यक्तिका रुपमा लिएको छु, उनका लेख, कृतिहरु पार्टीले प्रकाशित गर्नुपर्छ, त्यसबाट हाम्रो सिङ्गो पार्टी लाभान्वित हुनेछ’, सभापति देउवाले भने । उनले गिरि अत्यन्तै विद्वान व्यक्ति भएको र उहाँले धेरै किताब लेखेर वौद्धिक विचार दिएको बताए । उनले स्वर्गीय गिरि खुब पढ्ने र लेख्ने व्यक्ति भएको धारणा राखे ।

 

महामन्त्री गगनकुमार थापाले गिरि इतिहासको चेत भएको बौद्धिक नेताहरुमध्येको एक भएको बताए । ‘प्रदीप दाइले हामीलाई इतिहासको चेत भएन भने वर्तमानलाई बुझ्न सकिँदैन भन्ने कुरा सिकाउनु भो, इतिहास पढेर मात्रै हुँदैन, इतिहास बुझ्नका लागि त्यो बेलाको समाज बुझ्नुपर्छ, आर्थिक अवस्था बुझ्नुपर्छ, वर्तमानको समस्या समाधानका लागि इतिहास बुझ्नुपर्छ, इतिहासको चेत भएन भने राजनीतिलाई बुझ्न सकिँदैन’, उनले भने, ‘प्रदीप दाइ हामीलाई हात समातेर अगाडि बढाउने व्यक्ति थिए, उनका कुरा सुन्दा पाँच/छ घण्टा बितेको पत्तै हुदैनथ्यो, उनले धेरै कुरा लेखेका छन्, त्यसलाई एक ठाउँमा ल्याएर हेर्ने र त्यसलाई सम्बोधन गर्ने काम हुनेछ, हामी काम गर्नेछौं । ‘

 

महामन्त्री थापाले स्वर्गीय गिरि नाशवान पुँजीवादका बारेमा व्याख्या गर्ने व्यक्तित्व मात्रै नभइ नेपाली कांग्रेसले लिएका कैयौँ नीतिहरुमा समेत असहमति राख्ने नेता हुनुहुन्थ्यो भन्ने धारणा राखे । गिरिकै सुझाव र समन्वयमा ‘पब्लिक पोलिसी’ पाठशाला सुरु गरेर वैचारिक अभियान चलाउने प्रयास भएको उल्लेख गर्दै उहाँले नेताहरुको संस्मरण धेरै प्रकाशन भएको तर ऐतिहासिक दस्तावेज कम प्रकाशन भएको धारणा राखे ।

 

सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ले स्वर्गीय गिरि समाजवादी विचारलाई प्रष्ट्याउन सक्ने सबै विषयको अध्ययन गर्ने व्यक्तित्व भएको बताए । उनले गिरि नेपालको समाजवादी आन्दोलनमा जीवितै रहनुहुने धारणा राखे । उनले गिरिले पदलाई महत्व नदिएको जनाउँदै भने, ‘म मन्त्री बन्न राजनीतिमा आएको होइन, परिवर्तन गर्न चाहान्छु भने ।’

 

कांग्रेस ललितपुरका जिल्ला सभापति जीतेन्द्रकुमार श्रेष्ठले स्वर्गीय गिरि पार्टीले मात्रै नभइ सबैले सम्झने सम्मानित व्यक्तित्व भएको धारणा राखे । नेपाल विद्यार्थी सङ्घका अध्यक्ष दुजाङ शेर्पाले स्वर्गीय गिरिको सादगी र दार्शनिक जीवनीलाई पाठ्यक्रममा समेट्ने प्रयास गर्ने बताउँदै उहाँको सम्झनामा हरेक हप्ता बहस चलाउने धारणा राखे । स्वर्गीय गिरिका धर्मपत्नी भारती सिलवालले उहाँको निधनले प्रजातान्त्रिक समाजवादी आन्दोलनमा ह्रास आएको बताए । स्वर्गीय गिरिले बेलाबेलामा नेपाली कांग्रेसले आफूले अपनाएको नीतिलाई परिवर्तन गर्न आवश्यक भन्दै आफ्ना धारणा र असहमतिसमेत व्यक्त गर्ने गरेको स्मरण गरे ।

 

समिति सदस्य बिमला घिमिरेले स्थानीय तहलाई जिम्मेवार बनाएर प्लाष्टिकजन्य फोहर व्यवस्थापनमा लाग्नुपर्ने बताउनुभयो । प्लाष्टिकका सामग्रीको पुनः प्रयोगमा जोड दिनुपर्ने उनको भनाइ थियो । अर्का सदस्य भुवनबहादुर सुनारले प्लाष्टिकजन्य सामग्रीले वातावरणमा पारेका प्रभावका बारेमा बेलैमा सोच्नुपर्ने बताए । प्लाष्टिकको अन्दाधुन्ध प्रयोगबाट निम्तिएको दुष्प्रभाव न्यूनीकरण गनै सबैले ध्यान दिनुपर्ने बताए ।

 

सदस्य कमला पन्थले प्लाष्टिकजन्य सामग्रीको प्रयोग अनिवार्य जस्तै भए पनि यसको प्रयोग घटाउने, पुनः प्रयोग र प्रशोधन गर्नुपर्नेमा जोड दिए । बैठकमा नेपालमा प्लाष्टिक व्यवस्थापनसम्बन्धी नीति विषयको प्रस्तुति गर्दै पूर्वसचिव डा. विश्वनाथ ओलीले प्लाष्टिकको प्रयोग घटाउने, पुनः प्रयोग गर्ने र प्रशोधनलाई बढवा दिँदै चक्रीय अर्थतन्त्र प्रवद्र्धन गर्ने नीति बनाइनुपर्नेमा जोड दिए । उनले प्लाष्टिकको प्रयोग घटाउने, पुनःप्रयोगलाई बढवा दिने, प्रशोधन गर्ने, प्लाष्टिकजन्य फोहरको सुरक्षित विसर्जन गर्ने, यसको प्रयोग र प्रभावसम्बन्धी जनचेतना, प्रचारप्रसार र क्षमता विकासका काम गर्नुपर्ने बताए ।

 

नेपालमा सन् १९५० देखि प्लाष्टिकको प्रयोग बढ्दै गएको पाइन्छ । प्लाष्टिकको झोला मात्र नभइ इलेक्ट्रोनिक्स÷इलेक्ट्रिकल सामग्री, भाँडाकुँडा, बोतल, पाइप, ड्रम, खेलौना, फर्निचरलगायत क्षेत्रमा यसको व्यापक प्रयोग हुँदै आएको छ । पूर्वसचिव ओलीले सन् १९५० मा विश्वभर २० लाख टन प्लाष्टिक उत्पादन भएकामा सन् २०१८ सम्म ४१ करोड टन प्लाष्टिक उत्पादन भएको तथ्याङ्क प्रस्तुत गरेका थिए ।

 

मावन जीवनको अभिन्न अङ्ग बनिसकेको प्लाष्टिकको बजार सन् २०२१ मा छ सय खर्ब अमेरिकी डलर रहेको उनको भनाइ छ । नेपालमा प्रतिदिन करिब चार हजार नौ सय टन फोहर उत्पादन हुने गरेकामा प्लाष्टिकको हिस्सा १३ प्रतिशत रहेको छ । नेपालमा प्रतिवर्ष झण्डै एक लाख ६५ हजार टन प्लाष्टिकका सामग्री उत्पादन हुने गरेका छन् । बैठकमा सन् २०२१ मा नेपालमा करिब ६३ करोड अमेरिकी डलर बराबरको प्लाष्टिकजन्य वस्तुको आयात तथा ८६ लाख अमेरिकी डलर बराबरको निर्यात हुने गरेको तथ्याङ्क प्रस्तुत गरिएको थियो ।

Share: