Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
घरको आँगनबाट अजिङ्गर उद्धार – Lekhanpeeth

घरको आँगनबाट अजिङ्गर उद्धार

Share:

काठमान्डौ/बाँकेको राप्तिसोनारी गाउँपालिका–८ बालापुरबाट अजिङ्गरको उद्धार गरिएको छ । स्थानीयवासी लौटन चौधरीको घरको आँगनबाट आज करिब १० फिट लम्बाइ भएको १२ केजी तौलको अजिङ्गर उद्धार गरिएको बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्याम शाहले जानकारी दिए।

 

उहाँका अनुसार स्थानीयवासी चौधरीको घरको आँगनबाट खेतबारीमा जाँदै गरेको अजिङ्गरलाई निकुञ्जमा कार्यरत गेम स्काउट गोपालजङ्ग चन्दले जीवितै उद्धार गरेर निकुञ्जको कोर क्षेत्रमा छाडिएको छ । ‘हामीले उद्धार गर्ने अजिङ्गरलाई निकुञ्जको कोर क्षेत्रमा छाड्ने गर्दछौँ ।आज उद्धार गरिएको अजिङ्गरलाई पनि उद्धार टोलीले सोही क्षेत्रमा छाडेको छ’, उनले भने, ‘बाँकेको अन्य क्षेत्रमा अजिङ्गर फेला परे पनि वडा नं ८ मा रहेका गाउँहरू निकुञ्जसँग जोडिएकाले यहाँ प्राय अजिङ्गर भेटिन्छन् ।’

 

यो आर्थिक वर्षको साउनदेखि भदौसम्ममा सोही वडाको खल्लागाउँ, ओभरी, शम्शेरगञ्ज र बालापुर गरी चार वटा गाउँबाट अजिङ्गरको उद्धार गरिएको अधिकृत शाहले जानकारी दिए ।

 

उहाँका अनुसार गत आर्थिक वर्ष २०७९/०८० मा १२ विभिन्न स्थानबाट १२ अजिङ्गरको उद्धार गरिएको थियो । बाँके राष्ट्रिय निकुञ्जमा सर्प उद्धारका लागि तालिम प्राप्त व्यक्ति नभए पनि विगत आठ/नौ वर्षदेखि काम गरेको अनुभवकै आधारमा गेम स्काउट गोपालजङ्ग चन्दले नै सर्पको उद्धार गर्दै आएका छन् ।

Share: