कोसीका मुख्यमन्त्री उद्धव थापाले पाए विश्वास मत

Share:

काठमान्डौ/कोसी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले विश्वास मत पाएका छन् । सोमबार भएको मत विभाजनमा उनले विश्वासको मत पाएका हुन् । बैठकमा ७७ सांसद उपस्थित थिए । मुख्यमन्त्री थापाले ४७ मत पाए । विपक्षमा ३० मत खसेको छ ।

 

सभामुखको जिम्मेवारीमा रहेका सभाध्यक्ष मण्डलका सदस्य कांग्रेस सांसद इसराइल मन्सुरीले सोमबारको बैठक सञ्चालन गरेका थिए । उनले पनि मुख्यमन्त्री थापाको पक्षमा मतदान गरेका छन् ।

 

मत विभाजन सकिसकेपछि प्रतिपक्ष दलका सांसदहरूले नाराबाजी गरेका थिए । ९३ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ४७ मत आवश्यक पर्छ ।

Share: