१७ घण्टापछि मुग्लिन–नारायणगढ सडक सञ्चालनमा

Share:

काठमान्डौ/१७ घण्टा पछि मुग्लिन-नारायणगढ सडक खण्ड सञ्चालनमा आएको छ । सडक विभाग भरतपुरका अनुसार सोमबार राति ८ बजे अवरुद्ध भएको सडक मङ्गलवार दिउसो सञ्चालनमा आएको हो ।

 

यस वर्षको सबैभन्दा ठूलो पहिरो आएर सडक बन्द भएपछि आज रातभर काम गरिएको थियो । यस सडक खण्डको नाम्सी पुल नजिक ठूलो पहिरो गएको हो ।

Share: