Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
आज बस्ने भनिएको प्रतिनिधि सभा बैठक स्थगित – Lekhanpeeth

आज बस्ने भनिएको प्रतिनिधि सभा बैठक स्थगित

354
0
Share:

काठमान्डौ/प्रतिनिधि सभाको आज बस्ने भनिएको बैठक स्थगित भएको छ । बैठक सूचना टाँसेर भोलि ६ भदौ दिउँसो ३ बजेसम्मका लागि स्थगित गरिएको हो ।

 

सुन तस्करीको छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्न सहमत भएका शीर्ष दलका नेताहरूको बैठक बस्न नसकेपछि संसद बैठक सूचना टाँसेर स्थगित गरिएको हो ।

 

एमालेले उच्चस्तरीय छानबिन समिति गठन नभएसम्म संसद चल्न नदिने अडान राख्दै आएको छ । दलहरू समिति गठन गर्न सहमत भए पनि समितिको संरचना र कार्यक्षेत्र टुङ्गिन बाँकी छ ।

Share: