अमेरिकी सिनेटर होलानसँग राजदूत खत्रीको भेट

110
0
Share:

काठमान्डौ/अमेरिकी उपल्लो सदनका सिनेटर क्रिसभ्यान होलानसँग अमेरिकाका लागि नेपालका राजदूत श्रीधर खत्रीले क्यापिटल हिलमा भेटघाट गरेका छन् ।

 

भेटमा होलान र राजदूत खत्रीबीचको भेटघाटमा नेपाल–अमेरिका सम्बन्धको बहुआयामिक पक्ष, प्रजातान्त्रिक स्थिरता र नेपालको आर्थिक विकासमा अमेरिकाको आर्थिक सहायतालगायत पक्षमा छलफल भएको थियो ।

 

होलान नेपाली समुदायका बीच परिचित सिनेटर छन् । उनले अमेरिकामा रहेका नेपालीलाई टेम्पोरेरी प्रोटेक्टेड स्टाटस (टिपीएस)मार्फत स्थायी बसोबासका लागि समेत बिल तयार पारेका थिए । मेरिल्याण्डबाट अमेरिकाको सिनेटमा प्रतिनिधित्व गर्ने होलान डेमोक्रयाट पार्टीका प्रभावशाली सिनेटर छन् ।

Share: