आफूमाथि दुव्र्यवहार गरिएको भन्दै हर्क साम्पाङले दिए प्रहरीमा उजुरी

Share:

काठमान्डौ/धरानका मेयर हर्क साम्पाङले आफूमाथि दुव्र्यवहार गरेको भन्दै प्रहरीसमक्ष उजुरी दिएको छन् । वृक्षारोपण गर्न जाँदा अवरोध गर्ने जग्गाधनीविरुद्ध मेयर साम्पाङले उजुरी दिएका हुन् ।

 

मेयर साम्पाङले रोजिना अधिकारी र रोशन अधिकारीविरुद्ध जाहेरी दिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता (डिएसपी) राज कुमार राईले जानकारी दिए । उनले घटनाको विषयमा अनुसन्धान भइरहेको बताए ।

 

साम्पाङ केही दिनअघि सर्दु जलाधार क्षेत्रमा व्यक्तिगत जग्गामा दलबलसहित गएर वृक्षारोपण गरेका थिए ।

Share: