बढ्यो सुन-चाँदीको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

224
0
Share:

काठमान्डौ/साताको पाँचौ दिन आज बिहीबार पनि सुनको मूल्य बढेको छ । बुधबार प्रतितोला एक सय रुपैयाँ बढेको सुनको मूल्य यसदिन प्रतितोला पाँच सय रुपैयाँ बढेको हो ।

 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ११ हजार एक सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १० हजार पाँच सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार छापावाल सुन प्रतितोला एक लाख १० हजार छ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १० हजार ५० रुपैयाँमा कारोबार भएको थियो ।

 

त्यसैगरी, बिहीबार चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला १४ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी प्रतितोला १४ सय २५ रुपैयाँमा कारोबार भएको थियो । यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ३५ रुपैयाँ बढेको हो ।

Share: