Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
रास्वपा संसदीय दलको बैठक बस्दै – Lekhanpeeth

रास्वपा संसदीय दलको बैठक बस्दै

288
0
Share:

काठमान्डौ/ष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठक आज साँझ बस्ने भएको छ । संसदीय दलको कार्यालय सिंहदरवारमा साँझ ५ बजे बैठक बस्न लागेको हो । साँझ बस्ने बैठकमा भदौ ११ गते हुने संसदीय समितिका सभापतिको निर्वाचनका विषयमा छलफल हुने सचेतक निशा डाँगीले जानकारी दिइन् ।

 

प्रमुख दलले संसदीय समितिका सभापतिहरू भागबन्डा गरेपछि रास्वपाले त्यस विषयमा छलफल गर्न बैठक बोलाएको हो । साथै, बैठकमा पार्टीले दर्ता गरेका संकल्प तथा सार्वजनिक महत्वका प्रस्तावको विषयमा छलफल हुनेछ ।

 

यसैबीच, संसदीय समितिको सभापति निर्वाचनका विषयमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का कार्यवाहक अध्यक्ष बुद्धिमान तामाङले कांग्रेस सभापति शेरबहादुर देउवा, प्रधानमन्त्री पुष्पकमल दाहालसँग आजै९शुक्रबार० नै भेट्ने तयारी छन् ।तर, समय भने टुंगो लाग्न बाँकी रहेको उनले जानकारी दिए ।

Share: