Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
‘थाङ्का कलाको हब’ बनाउन प्रतिष्ठानले थाल्यो अध्ययन – Lekhanpeeth

‘थाङ्का कलाको हब’ बनाउन प्रतिष्ठानले थाल्यो अध्ययन

Share:

काठमान्डौै/नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले रामेछापको सुनापाती गाउँपालिलाई थाङ्का कलाको ‘हब’ बनाउन अध्ययन सुरु गरेको छ । प्रतिष्ठान र रामेछापस्थित सुनापति गाउँपालिकाबीच उक्त पालिकालाई थाङ्का कलाको हब बनाउने सहमतिअनुसार अध्ययन थालिएको प्रतिष्ठानका उपकुलपति लालकाजी लामाले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त विषयमा गठित सम्भाव्यता अध्ययन टोलीले सरोकारीसँग सुझावसमेत लिएको छ । पालिकास्तरमा समेत छलफल गरी आवश्यक अध्ययन गरिने अध्ययन टोलीले जनाएको छ ।

 

मुख्यगरी त्यहाँका कलाकार थाङ्का कलामा बढी सक्रिय भएकाले उक्त पालिकालाई हबका लागि छनोट गरिएको हो । थाङ्का कला जनजीवन, संस्कार, दर्शनसँग सम्बन्धित हुन्छ । बुद्ध धर्मावलम्बीको धार्मिक संस्कार बोकेको शैलीलाई थाङ्का भनेर चिनिने गरिन्छ । यस कलामा देवीदेवताका चित्र कोर्ने गरिन्छ ।

 

शाक्यमुनि, लोकेश्वर, अमिताव तथा हिन्दू धर्ममा पनि मानिने देवीदेवता हरित तारा, स्वेत तारा, गणेश, बाराही, भैरव लगायतका देवीदेवताको समेत चित्र समावेश हुन्छ । थाङ्का मौलिक कलामा पर्छ । उक्त कलाको प्रवद्र्धनका साथै नयाँ पुस्तालाई जोड्नका लागि यसरी स्थान तोकेरै कला प्रवद्र्धनको अभियान थालिएको प्रतिष्ठानले जनाएको छ ।

 

प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली अध्ययन थालिएको र सम्भाव्यता अध्ययन टोलीले विस्तृत प्रतिवेदन बुझाएपछि त्यसका आधारमा ठोस योजना बनाएर अघि बढ्ने तयारी रहेको बताउनुहुन्छ । थाङ्का हबका लागि पहिलो चरणमा अध्ययन गरिने छ । त्यही अध्ययन प्रतिवेदनका आधाारमा पालिकासँग मिलेर सो गाउँपालिकामा कार्यक्रम अघि बढाउने प्रतिष्ठानको योजना छ ।

 

प्रतिष्ठानका उपकुलपति लामा सुनापतिमा थाङ्का हब बनाउने विषयमा प्रतिष्ठानले निकै गहन अध्ययन गरेर योजना अघि सारेको बताउँदै भन्नुभयो, ‘लामो समयदेखि प्रतिष्ठानले त्यसलाई साकार रुप दिन औपचारिक तथा अनौपचारिक रुपले सुनापति गाउँपालिकासँग मिलेर काम गरिरहेको छौँ ।’

 

प्रतिष्ठानका सदस्यसचिव देवेन्द्रकुमार काफ्लेले रामेछापको सुनापतिलाई थाङ्का कलाको हब बनाई नेपाललाई विश्वमा चिनाउने गरी काम गर्ने योजना रहेको जानकारी दिनुभयो । सुनापतिलाई थाङ्काको हब बनाउन उपयुक्त ठाउँ रहेको र यसका लागि सबैको सहयोगको खाँचो रहेको उहाँले औँल्याउनुभयो ।

Share: