नेपाल मलेसियासँग ६ विकेटले पराजित

236
0
Share:

काठमान्डौ/आईसीसी वुमन्स टी-२० एसिया छनोटअघिको चारदेशीय सिरिजमा नेपालले पहिलो हार व्यहोरेको छ । यसअघि दुई खेल जितेको नेपाल तेस्रो खेलमा मलेसियासँग आज ६ विकेटले पराजित भयो ।

 

नेपालले पहिले ब्याटिङ गर्दै मलेसियालाई ८५ रनको सामान्य लक्ष्य दिएको थियो । मलेसियाले १६.२ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य भेट्टाएको छ । मलेसियाकी ओपनर अइन्ना हमिजा हासिमले नटआउट रहँदै ३७ रन बनाएर टिमलाई जितसम्म डोहोर्याइन् । नेपालका पूजा महतो, सीता रानामगर र रुबिना क्षेत्रीले १–१ विकेट लिएका थिए ।

 

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले १८ ओभरमा घटाइएको खेलमा ८३ रन जोडेको थियो । नेपालका लागि नेपालकी रुबिना क्षेत्रीले २६ बलमा सर्वाधिक २३ रन, इन्दु बर्माले ३३ बलमा २० रन र काजल श्रेष्ठले २१ बलमा १८ रन बनाएका थिए ।

Share: