Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
दक्षिणी रोमानियाको ग्यास स्टेसनमा विस्फोट : एक जनाको मृत्यु, ५७ घाइते – Lekhanpeeth

दक्षिणी रोमानियाको ग्यास स्टेसनमा विस्फोट : एक जनाको मृत्यु, ५७ घाइते

208
0
Share:

ककाठमान्डौ/दक्षिणी रोमानियाको डाम्बोभिटा काउन्टीमा रहेको एक तरलीकृत पेट्रोलियम ग्यास ९एलपीजी० स्टेसनमा गएराति भएको दुई वटा विस्फोटमा परी एक जनाको मृत्यु हुनुका साथै ५७ जना घाइते भएको गृह मन्त्रालयले आइतबार जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

 

पहिलो विस्फोटमा आठ जना घाइते भएका थिए भने एक जनाको हृदयाघातका कारण मृत्यु भएको थियो । मृतकको शरीरमा कुनै जलेको वा अन्य चोटपटक लागेको थिएन भने अन्य ५० जना दोस्रो विस्फोटमा घाइते भएका हुन् ।

 

मन्त्रालयले ३९ जना अग्नि नियन्त्रक, दुई जना प्रहरी र दुई जना जेन्डरमेसहित अधिकांश घाइते भएको जनाएको छ । सरकारी समाचार संस्था एगेर्प्रेसका अनुसार स्थानीय र वरपरका काउन्टी र शहरहरूले विस्फोटलगत्तै २० भन्दा बढी दमकल र अग्नि नियन्त्रक रोबोटहरू पठाएका थिए ।

 

घाइतेहरूलाई तुरुन्तै नजिकैको अस्पतालमा पठाइएको छ । गम्भीर घाइते भएका चार जनालाई राष्ट्रिय रक्षा मन्त्रालयले व्यवस्था गरेको दुई वटा विमानबाट उपचारका लागि बेल्जियम र इटाली पठाइएको थियो ।

 

विष्फोटको कारण भने खुल्न सकेको छैन । गृह मन्त्रालयको आपतकालीन अवस्था विभागका प्रमुख राएद अराफातले प्रारम्भिक अनुसन्धानमा ग्यास स्टेसनको सञ्चालन अनुमति नभएको भेटिएको बताएका छन् ।

Share: