
काठमान्डौ/अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेयर र प्रमुख प्रशासकीय अधिकृतसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । राजस्व चुहावट गरी भ्रष्टाचार गरेको आरोपमा कञ्चनपुरको भीमदत्त नगरपालिकाका तत्कालीन नगरप्रमुख सुरेन्द्र बहादुर विष्ट र तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत हरिदत्त जोशीसहित १० जनाविरुद्ध मुद्दा दायर गरिएको हो ।
भीमदत्त नगरपालिकाले आर्थिक वर्ष २०७६/०७७ मा प्राकृतिक स्रोतबाट ९नदीजन्य० प्राप्त हुने आयको ठेक्कामा बोलपत्रको सम्झौता अनुसार प्राप्त गर्नुपर्ने आयमा नियम विपरीत छुट दिएको अख्तियारको ठहर छ ।
अख्तियारका प्रवक्ता चोला दाहालका अनुसार तत्कालीन नगरप्रमुख विष्ट र नि।प्रमुख प्रशासकीय अधिकृत जोशीले महाकाली नदीजन्य पदार्थको (ढुङ्गा, गिट्टी, बालुवा, ग्राभेल र माटो) रोयल्टी शुल्क उठाउने ठेक्का नम्बर १७ ररोयल्टीर०७६/०७७ ठेक्कामा सम्झौता पछि नगरप्रमुख विष्टको अध्यक्षतामा नगरसभाको निर्णयले राजस्वमा छुट दिने मनसायले छ सदस्यीय कार्यदल गठन गरी सोही कार्यदलको सिफारिसको आधारमा मु.अ. करसमेत रु।१ करोड ३४ लाख, ९७ हजार, ४ सय ५३ रुपैयाँ ८७ पैसा बराबरको रकम छुट दिने निर्णय अनुमोदन गरी ठेक्का सम्झौता अनुसार राजस्व नउठाई नेपाल सरकार र प्रदेश सरकारको स्वीकृति बिना राजस्वमा चुहावट गरी भ्रष्टाचारजन्य कसुर गरेका छन् ।
मेयरविष्ट र जोशीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ को खण्ड (क) र (ख) बमोजिमको कसूरमा एक करोड चौतीस लाख सन्तानब्बे हजार चार सय त्रिपन्न रुपैयाँ सतासी पैसा) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ ले निर्दिष्ट गरेबमोजिम भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा घ को उपदफा (१) को देहाय (झ) बमोजिम सजाय हुन र सोही ऐनको दफा ७ बमोजिम चुहावट भएको राजस्वको दोब्बर जरिवाना हुनसमेत सजायको मागदावी लिइएको दाहालले बताए।
यस्तै अख्तियारले भीमदत्त नगरपालिकाको राजस्व छुटको लागि गठित कार्यदलका संयोजक तथा सदस्यहरू तत्कालीन वडा नं.१७ का वडा अध्यक्ष हिमाल बहादुर चन्द, इन्जिनियर हिमालय सिंह ऐर, लेखा अधिकृत गोविन्द उपाध्याय, लेखा अधिकृत (छैटौँ) विक्रम भण्डारी, नायव सुब्बा नरेन्द्र देव भट्ट, भवानी कन्स्ट्रक्सन प्रा.लि.को सञ्चालकहरू ईश्वरी प्रसाद भट्ट, केशव राज भट्ट, पुष्पराज भट्ट, खगेश्वरी भट्ट र भवानी कन्स्ट्रक्सन प्रा.लि.विरुद्ध पनि मुद्दा दायर गरेको छ ।