Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
दरबार हाईस्कुलका दुई विद्यालय ‘मर्ज’ गर्दै महानगर – Lekhanpeeth

दरबार हाईस्कुलका दुई विद्यालय ‘मर्ज’ गर्दै महानगर

302
0
Share:

काठमान्डौ/काठमाडौँ महानगरपालिकाले ऐतिहासिक दरबार हाईस्कुल हाताभित्र सञ्चालित दुई विद्यालयलाई एउटै बनाउने भएको छ। एउटै भवनमा दुई विद्यालय सञ्चालन हुँदा दरबार हाईस्कुलको अस्तित्व नखुलेको भन्दै संस्कृत माध्यमिक विद्यालय र भानु माध्यमिक विद्यालयको नाम हटाएर महानगरले एउटै नाम ‘दरबार हाईस्कुल’ सञ्चालन गर्न लागेको हो। कामपाको शिक्षा विभागका प्रमुख सीताराम कोइरालाका अनुसार आगामी शैक्षिक सत्रदेखि एउटै नामले विद्यालय सञ्चालन हुनेछ ।

 

‘भानु माध्यमिक विद्यालय र संस्कृत माध्यमिक विद्यालयपछि बनाएकाले सुरुकै अस्तित्वमा स्वीकार्न दरबार हाईस्कुलकै नामले सञ्चालन गर्न लागिएको हो’ कोइरालाले भने।

 

१९१० मा राणाका छोराछोरी पठनपाठन गराउने उद्देश्यले तत्कालीन प्रधानमन्त्री जङ्गबहादुर राणाका पालामा विद्यालय स्थापना भएको थियो। विद्यालय हाल महानगरमा रहेको ८९ सामुदायिक विद्यालय र तीन नमूना विद्यालयमध्ये एक हो। गत आवदेखि महानगरले यसलाई नमुना विद्यालयको रूपमा सञ्चालन गर्दै आएको छ।

 

ऐतिहासिक र पुरानो विद्यालय भएकाले शुरुमा सम्पन्न परिवारका छोराछोरीले मात्र अध्ययन गर्ने गरेका थिए। कुनै समय श्रमिकका छोराछोरी मात्र पढ्ने गरेको यो विद्यालयमा अहिले सरकारी कर्मचारी तथा स्थानीयवासीको छोराछोरीको आकर्षण बढी रहेको विद्यालय व्यवस्थापनले जनाएको छ। विद्यालय एक हजार विद्यार्थी क्षमताको छ।

 

आठ वर्षअघिको भूकम्पपछि पुरानै स्वरूपमा पुनस्निर्माण गरिएको विद्यालय नौ रोपनी जमिनमा निर्माण गरिएको चारतले विद्यालय भवनमा ४० कक्षा कोठा छन्। भूकम्पपछि चीन सरकारको पूर्ण सहयोगमा चिनिया कम्पनी साङ्घाई कन्स्ट्रक्सनले विद्यालय भवन निर्माण गरेको हो।

 

पुनर्निर्माणपछि २०७७ कात्तिक ५ गते तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले विद्यालय भवन उद्घाटन गरेपछि पुनः सञ्चालनमा आएको थियो।

Share: