
काठमान्डौ/प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)का महासचिव इसला रुवान विराकुनले बिदाइ भेट गर्नुभएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा उहाँहरुबीच सार्कका विविध विषयमा कुराकानी भएको थियो ।