Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
प्रभात काव्यगोष्ठीमा जनजीवनका कविता – Lekhanpeeth

प्रभात काव्यगोष्ठीमा जनजीवनका कविता

231
0
Share:

काठमान्डौ/नागार्जुन साहित्यिक प्रतिष्ठानले आज आयोजना गरेको ‘सुप्रभात काव्यगोष्ठी’ मा कविहरुले जीवन र अस्तित्वबोधसँग सम्बन्धित रचना प्रस्तुत गरेका छन् ।

 

मासिक शृङ्खला अन्तर्गत आयोजित काव्यगोष्ठीमा गायिका एवं प्रगतिशील लेखक सङ्घका उपाध्यक्ष नमुना शर्माले भ्रष्टाचारविरुद्ध र तीजको कहरसम्बन्धी गीत प्रस्तुत गरेका थिए ।

 

कार्यक्रममा कविहरु वैरागी जेठा, दिल पौडेल, प्रकाश सिलवाल, माधव घिमिरे ‘अटल’, पार्वती अधिकारी, लक्ष्मणदेव पाण्डे, गङ्गा खतिवडा, शिवहरि पाण्डे, नवीन पल्लव, रुवी सत्याल, जयराम विडारी, गङ्गाप्रसाद भेटवालले जनजीवनसँग सम्बन्धित रचना वाचन गरेका थिए ।

 

वाचित रचनामाथि टिप्पणी गर्दै उपाध्यक्ष शर्माले जनजीवन र अस्तित्वबोधसँग सम्बन्धित रचना प्रस्तुत भएकाले यसले समाजको अग्रगमनका लागि योगदान दिने बताएका थिए ।

Share: