
काठमान्डौ/साताको पिहलो दिन आज नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा १०० रुपैयाँले बढेको हो ।
छापावाल सुन तोलाको एक लाख १२ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन उक्त सुन तोलाको एक लाख १२ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
तेजाबी सुन तोलाको १२ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले घटेको छ । चाँदी तोलाको एक हजार ४६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।