Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
वीर अस्पतालको छैटौँ तलाबाट हाम फालेका एक पुरुषको मृत्यु – Lekhanpeeth

वीर अस्पतालको छैटौँ तलाबाट हाम फालेका एक पुरुषको मृत्यु

245
0
Share:

काठमान्डौ/वीर अस्पतालको छैटौं तलाबाट हाम फालेका एक पुरुषको मृत्यु भएको छ । सर्जिकल भवनको तलाबाट हाम फालेका अन्दाजी ४० वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका सूचना अधिकारी सागर मिश्रले जानकारी दिए ।

 

उनका अनुसार घटना आज बिहान करिब २/३ बजेतिरको हो । बिरामीको आफन्त हुँ भन्दै अस्पतालभित्र प्रवेश गरेका ती पुरुषले सर्जिकल भवनको तलामा गएर हाम फालेको अस्पतालले जनाएको छ ।

 

अस्पताल प्रशासनले बुझ्दा उनका कोही बिरामी अस्पतालमा नभएको पाइएको छ । उनको लाश बेवारिसे अवस्थामा रहेको अस्पताल स्रोतले जनाएको छ ।

 

Share: