Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
एमालेको लुम्बिनी प्रदेश अध्यक्षमा राधाकृष्ण कँडेल निर्वाचित – Lekhanpeeth

एमालेको लुम्बिनी प्रदेश अध्यक्षमा राधाकृष्ण कँडेल निर्वाचित

Share:

काठमान्डौ/नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा पाल्पाका राधाकृष्ण कँडेल निर्वाचित भएका छन्। गएराति सम्पन्न मतपरिणाम अनुसार उनले ४७९ मत प्राप्त गरेका छन्। उनका प्रतिद्वन्द्वी प्युठानका हरि रिजालले ४७७ मत पाएका छन्। दुई मत अन्तरले कँडेल निर्वाचित भएका हुन् ।

 

उपाध्यक्षमा रूपन्देहीका भोजप्रसाद श्रेष्ठ ४५५ मत पाएरनिर्वाचित भएका छन् । उनका प्रतिद्वन्द्वी रूपन्देहीकै विश्वराज बराल (अनुप) ३०६, पुजन विश्वकर्मा९बाँके० ९८ र शान्तकुमार वली (रोल्पा) ५६ मत पाएका छन्।

 

उपसचिवमा पूर्ण बुढामगर (रोल्पा)र उपसचिवमा (महिला) लीला राना मगर(बर्दिया) विजयी भएका छन् ।

Share: