Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
कञ्चनपुरमा बिसरती मेला – Lekhanpeeth

कञ्चनपुरमा बिसरती मेला

Share:

काठमान्डौ/कञ्चनपुरको भीमदत्त नगरपालिका–८ तिलाचौरमा बिसरती मेलाको आयोजना गरिएको छ । बझाङवासीको प्रमुख पर्वका रूपमा रहेको बिसरती कञ्चनपुरमा पनि धुमधामका साथ मनाइन्छ । भगवती दुर्गा–भवानीले महिषासुरको बध गरेको खुसीयालीमा बिसरती पर्व मनाइने गरिन्छ ।

 

बझाङमा धुमधामले मनाइने यो पर्व पछिल्लो समय बसाइँसराइका कारण कञ्चनपुरमा पनि मनाइँदै आएको छ । यो पर्व तीन दिनसम्म मनाइन्छ । दुर्गा–भवानीले महिषासुर दानवलाई बध गरेको खुसीयालीमा बिसरती पर्व मनाउने चलन रहेको स्थानीय नारायण मिश्रले जानकारी दिए । ‘बडादसैँका बेला दुर्गा–भगवतीले महिषासुर दानवको बध गरेको किंवदन्ती रहे पनि बझाङ्गी समुदायले माघ १६, फागुन १६ र भदौ २० गतेलाई दुर्गा–भवानीले विशेष पूजा गरेर मनाउने गरेका छन्’, उनले भने ।

 

माघ १६ गते महिषासुरको छाती चिर्ने भन्दै सल्लाको काठको लाकुडी बनाएर मन्दिरको छेउमा गाड्ने चलन छ । फागुन १६ गते महिषासुरको टाउकाको भकुन्डो खेल्ने भन्दै गोरुको छालाको भकुन्डो बनाएर खेल्ने चलन छ । स्थानीय लालबहादुर थापाका अनुसार दुर्गा र सुर्मादेवीले राक्षस महिषासुरसँगको लडाइँमा जित हासिल गरेको खुसीयालीमा यो पर्व मनाइँदै आएको बताए ।

 

‘व्रतालु महिला र पुरुषले खडयात्री गरेर बिसरती मनाउँछन्’, उनले भने, ‘परम्परादेखि मनाइँदै आएको पर्वलाई निरन्तरता दिँदै आएका छौँ ।’ मेला धार्मिक पर्यटकीय हिसाबले महत्त्वपूर्ण रहेकाले यसको जगेर्ना गर्नुपर्ने स्थानीय मदनराज मिश्रले बताए । ‘धर्म, संस्कृति, कला एव परम्परा संरक्षणका लागि सबैले आफ्नो क्षेत्रबाट पहल गर्नुपर्छ’, उनले भने ‘मेलामा महिला–पुरुष देउडा खेल खेलेर रमाइलो गरिन्छ ।’ मेलामा रातभर जाग्राम बसेर महिला तथा पुरुषले देउडा, ठाडी भाकालगायतका खेल खेल्ने गर्दछन् ।

Share: