Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
बालबालिकाको ‘राधाकृष्ण ’ बन्ने रहर – Lekhanpeeth

बालबालिकाको ‘राधाकृष्ण ’ बन्ने रहर

Share:

काठमान्डौ/कैलालीको जोशीपुरका लक्ष्मी पाण्डेकी छोरी अहिले १४ वर्षकी भइन् । हरेक वर्ष कृष्ण जन्माष्टमीमा राधा बन्दै गरेकी पाण्डेकी छोरीले यसवर्ष पनि रहर गरिन् । परिवारका सदस्यलाई पोसाक किनिदिन जिद्दी गरिन् । छोरीका लागि पोसाक खरिद गर्न बजार हिँडेका पाण्डेले एक वर्षको हुँदादेखि छोरीलाई राधा बनाउने गरेको बताए ।

 

‘सानी हुँदा हामीले रहर गर्यौं अहिले ठूली भएपछि छोरीले रहर गर्न थालेकी छिन्’, पाण्डेले भने, ‘अब ठूली भइन, यसपटक हाम्रो रहर थिएन, तर छोरीले जिद्दी गरेपछि कपडा किन्नुपर्यो ।’टीकापुरकी सिर्जना थापाका दुई छोराछोरीले पनि आज राधाकृष्ण बन्नका लागि मंगबलबार पोसाक किनिसकेका छन् । सिर्जनाका छोराछोरी पनि जन्माष्टमीमा राधा कृष्णको पोसाक लगाउने, बालगोपालले गर्ने क्रियाकलाप गरेर घरमा रमाइलो गर्ने गर्दछन् । पछिल्लो समय विद्यालयमा पनि जन्माष्टमीको अवसरमा साना बालबालिकालाई बालगोलाप तथा राधाको पोसाक लगाएर संस्कृति तथा परम्परा चिनाउने गरिन्छ ।

 

बालबालिकालाई भगवान कृष्णको जीवनी पढाउँदै यो पर्वमा गरिने हरेक क्रियाकलाप गरेर रमाइलो गर्ने चलन रहेको शिक्षक पूर्ण विक बताउछन् । ‘पछिल्लो समय हरेक विद्यालयमा कार्यक्रम हुन थालेका छन्, यो समयमा धार्मिकसँगै सांस्कृतिक कार्यक्रम, मट्का फोड कार्यक्रम गर्ने गरिन्छ’, उनि भन्छन्, ‘‘विद्यालयमा हरेक पर्व मनाउने अभ्यास थालिएको छ । यसले बालबालिकालाई पनि सिकाइ हुन्छ ।’ सनातन संस्कृति प्रतिष्ठान नेपाल टीकापुरका अध्यक्ष नारायणप्रसाद तिमिल्सिना बालगोपालका आनीबानीमा प्रेरित भएर बालबालिका पनि यसमा रमाउने गरेको पाइएको बताउछन्। ‘बाललिला, दही चोर लीला अनुकरण गर्ने र आस्था प्रकट गरिन्छ, भगवान कृष्णको लीलालाई दोहोर्याएर बालबालिकाले कृष्ण, राधा बन्ने, सामूहिक रुपमा मट्का फोड्ने काम गरेको पाइन्छ’, उनि भन्छन्, ‘यसले आत्मियता, सामूहिक कार्य गर्ने भावनाको विकास हुन्छ । एकआपसमा सद्भाव बढाउन सघाउँछ ।’ उनका अनुसार सामान्यतया पर्व आस्था प्रकट गर्न, एक अर्कामा सद्भाव र मायाप्रेम साट्न, संस्कृति जोगाउन गरिन्छन् ।

 

‘पर्वमा देखिएका उत्ताउलापन रोक्नुपर्छ । पर्वकोस्वरुप विकृत गर्नुहुँदैन’,उनि भन्छन्, ‘हरेक पर्व क्षमता हेरे मनाउनुपर्छ । पर्वको स्वरुप विकृत भएमा समाज पनि विकृत हुन्छ ।’

Share: