सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ? (आजको बजार मूल्यसहित)

143
0
Share:

काठमान्डौ/सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख १२ हजार तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु एक लाख १२ हजार चार सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रु चार सयले घटेको हो ।

 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख ११ हजार चार सय ५० तोकिएको छ ।

 

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु २०ले घटेर रु एक हजार चार सय १० तोकिएको महासङ्घले जनाएको छ ।

Share: