वडाध्यक्ष रिजालको पार्थिव शरीर राष्ट्रिय सभागृहमा राखियो, आजै पशुपतिमा अन्त्येष्टि गरिने

126
0
Share:

काठमान्डौ/काठमाडौं महानगरपालिका वडा नम्बर-१६ का वडाध्यक्ष मुकुन्द रिजालको पार्थिव शरीर राष्ट्रिय सभागृहमा राखिएको छ । वडाध्यक्ष एवम् नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं-७ का क्षेत्रीय सभापति रिजालको पार्थिव शरीरलाई ११ बजेदेखि १२ बजेसम्म राष्ट्रिय सभागृहमा राखिने भएको हो ।

 

त्यसपछि पशुपति मन्दिर परिसरमा श्रद्धाञ्जलीका लागि राखिने बताइएको छ । उनको आज दिउँसो नै अन्तिम दाहसंस्कार गर्ने कार्यक्रम रहेको छ । वडाध्यक्ष रिजालको निमोनियाका कारण निधन भएको हो । वडाध्यक्ष रिजाललाई उपचारका लागि यही भदौ १७ गते ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल भर्ना गरिएको थियो । अस्पतालको सघन उपचार कक्षमा उपचार गराइरहेका उनको दुवै फोक्सोमा सिभियर निमोनिया (भाइरल निमोनिया)का कारण आज बिहान ७ः३० बजे निधन भएको अस्पतालले जनाएको छ ।।

 

नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं-७ का क्षेत्रीय सभापतिसमेत रहेका वडाध्यक्ष रिजाल २०७९ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा काठमाडौँ महानगरपालिका–१६ मा दोस्रोपटक वडाध्यक्षमा निर्वाचित भएका थिए । वडाध्यक्ष रिजालका श्रीमती र दुई छोरा छन् ।

Share: