Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
यादवमाथिकाे आक्रमणबारे छानविन गर्न माग – Lekhanpeeth

यादवमाथिकाे आक्रमणबारे छानविन गर्न माग

290
0
Share:

काठमान्डौ/नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि भएको आक्रमणको निष्पक्ष छानविन गर्नुपर्ने माग गरेका छन् । उनले घटनाको भत्र्सना गर्दै दोषीलाई कडा कारबाही गर्नुपर्ने माग गरे । प्रतिनिधिसभाको आजको वैठकको विशेष समयमा बोल्दै लेखकले भने, ‘ज्यान मार्ने गरी आक्रमण गरिएको छ, घटना सामान्य छैन, गृहमन्त्रीलाई आग्रह गर्न चाहन्छु आगामी प्रतिनिधिसभाको वैठकमा घटनाबारे सम्पूर्ण विवरण प्रस्तुत गर्नुपर्छ ।’

 

सङ्घीय लोकतान्त्रिक गणतन्त्रप्रति नेपाली जनता सहमत छैनन भन्ने कृत्रिम भाष्य तयार गरिएको भन्दै वर्तमान व्यवस्थाबाट भाग्ने कसैलाई छुट नभएको बताए।

 

उनले भने, ‘आफ्ना फरक मतहरु, फरक धारणाहरु, आफ्ना विचार शान्तिपूर्ण ढङ्गले राख्न सकिन्छ, लोकतन्त्रमा अभिव्यक्ति स्वतन्त्रता छ, तर आफूसँग असहमत हुने कुरा आफूसँग असहमत हुने विचारलाई निषेध गर्नका लागि खुकुरी कहिल्यै पनि विकल्प हुन सक्दैन, हत्या, हिंसा र आतङ्क कहिल्यै विकल्प हुन सक्दैन ।

Share: