Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
सिंहदरवार जलाउँछु भन्नेलाई कारबाही गर्नुपर्छ : देवेन्द्र पौडेल – Lekhanpeeth

सिंहदरवार जलाउँछु भन्नेलाई कारबाही गर्नुपर्छ : देवेन्द्र पौडेल

275
0
Share:

काठमान्डौ/नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले विधिको शासन सबैले मान्नुपर्ने बताएका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले काठमाडौँ महानगर प्रमुख बालेन शाहलाई लक्षित गर्दै अराजक अभिव्यक्ति दिनेलाई कारबाही गर्नुपर्ने बताए।

 

उनले भने, ‘निर्वाचित राज्यको एउटा तहको सरकार प्रमुखले विना कारण राज्यको जिम्मेवारी सम्हालेका व्यक्तिलाई चोर भन्ने शब्द प्रयोग गर्दै सिंहदरवार जलाउने उद्घोष गर्छ। हो कि होइन भन्ने कुरा उहाँहरुको आफ्नै भाषाबाट हामी बुझौँ।’

 

व्यवस्था परिवर्तनको लागि आफूहरु लडेको उल्लेख गर्दै रक्षाको लागि पनि लड्न तयार रहेको बताए। यो व्यवस्थाको सुरक्षा गराउने दायित्व पनि व्यवस्था ल्याउनेहरुकै भएको बताए।

Share: