ललिता निवास प्रकरण: १७ जनासँग धराैटी माग, एक जनालाई तारेखमा छाड्न आदेश

240
0
Share:

काठमान्डौ/काठमाडौंको बालुवाटारस्थित ललितानिवासको सरकारी जग्गा हिनामिना प्रकरणमा १७ अभियुक्तलाई धरौटीमा रिहा गर्न आदेश दिइएको छ । आइतबार काठमाडौं जिल्ला अदालतले उनीहरूलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

 

न्यायाधीश भोलानाथ ढकालको १३ नम्बर इजलासमा सात दिन लामो थुनछेक बहसपछि यस्तो आदेश दिइएको अदालत प्रशासनले जनाएको छ ।

 

अभियुक्त केशव तुलाधरलाई भने साधारण तारेखमा छाड्ने आदेश दिइएको छ । अभियुक्तमध्ये भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङसित दुई करोड ४६ लाख रुपैयाँ धरौटी माग गरिएको छ ।

Share: