
काठमान्डौ/समाजवादी मोर्चाले आज कोशी प्रदेशस्तरीय सन्देशसभा गर्ने भएको छ । यसअघि मधेस, लुम्बिनी, कर्णाली, गण्डकी र बाग्मती प्रदेशमा सन्देशसभा गरिसकेको मोर्चाले आज कोशीको विराटनगरमा सन्देशसभा राखेको हो ।
सभालाई प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव, नेकपाका महासचिव नेत्रविक्रम चन्दलगायतले सम्बोधन गर्ने भएका छन् ।
सुदूरपश्चिमको घोषणा सभा भदौ १३ गते राखिएकोमा हालसम्म स्थगित छ ।